नियम
प्रारम्भिक छानबिन गर्न गराउन सक्ने
(१) परिच्छेद – २ बमोजिम प्राप्त भएको वा अन्य कुनै स्रोतबाट विभागलाई जानकारी प्राप्त भएको राजस्व चुहावट गरेको वा गर्न लागेको सूचनाका सम्बन्धमा प्रारम्भिक छानबिन गर्नु पर्ने देखेमा महानिर्देशक आफैले वा कुनै अधिकृत कर्मचारी मार्फत प्रारम्भिक छानबिन गर्न वा गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रारम्भिक छानबिन गर्दा वा गराउँदा महानिर्देशकले त्यस्तो सूचनाका सम्बन्धमा स्थलगत रुपमा अध्ययन वा अवलोकन गर्न गराउन वा अन्य उपयुक्त माध्यमबाट छानबिन गर्न वा गराउन सक्नेछ ।
(३) यस नियम बमोजिम प्रारभ्मिक छानविनको लागि कुनै अधिकृतलाई खटाइएकोमा त्यस्तो अधिकृतले प्रारम्भिक छानबिन गरी सोको प्रतिवेदन महानिर्देशक समक्ष पेश गर्नु पर्नेछ ।